- नेपाली सेनाले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार भएको आधिकारिक जानकारी दिएको छ।
- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए।
- संयुक्त खोज तथा उद्धार टोलीले थप व्यक्तिको खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।
काठमाडौं। नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएको पुष्टि गरेको छ।
सेनाले भदौ १९ गते बिहान ९:३० बजेसम्मको खोज तथा उद्धारसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै संयुक्त खोज तथा उद्धार टोलीले दुई जनालाई जीवितै बाहिर निकालेको जनाएको हो।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण उनीहरू आयोजनाको सुरुङभित्र फसेका थिए। घटनाको १० दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको हो।
यसअघि प्राप्त विवरणअनुसार उद्धार गरिएका व्यक्ति मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन हुन्।
नेपाली सेनाका अनुसार सुरुङभित्र फसेका अन्य व्यक्तिको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

