काठमाडौं । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
बुधबार राति ८ बजेसम्मको विवरणअनुसार मृत भेटिएकामध्ये ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ८७५ जना बेपत्ता छन्।
भोटेकोसी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्।
हेर्नुहोस्, नेपाल प्रहरीले सार्वजनिक गरेको विस्तृत विवरण


