काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।
यसैबीच, केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितका लागि राहत कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।

