लमजुङ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लमजुङका दुई संस्थाले आर्थिक सहयोग गरेका छन् ।
सन्तानेश्वर आमा समूहले ११ हजार १०५ रुपैयाँ र जागृती कृषि फार्म, लमजुङले ९ हजार रुपैयाँ सहयोग गरेका हुन् । दुवै संस्थाबाट गरी कुल २० हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
विपद्का कारण समस्यामा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित गरिएको यस सहयोगले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ ।

