काठमाडौं । सरकारी कार्यालयको समय कात्तिक १६ गतेदेखि परिवर्तन हुने भएको छ। जाडोयामको समयतालिकाअनुसार कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार उक्त समयतालिका कात्तिक १६ देखि माघ १५ गतेसम्म लागू हुनेछ। शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकायमा यो व्यवस्था लागू हुने जनाइएको छ।
यसअघि कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम थियो। नयाँ समयतालिकामा कार्यालय खुल्ने समय यथावत् राखिए पनि बन्द हुने समय एक घण्टा अगाडि सारिएको हो।

