महोत्सवको तयारी तथा सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले गाउँपालिकाले मङ्सिर ६ गते मर्स्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय स्थल हर्सिङडाँडामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महोत्सवको तयारी, कार्यक्रम तथा प्रचारप्रसारलगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले महोत्सवसम्बन्धी सूचना तथा जानकारी आम नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने जनाएको छ । महोत्सवको व्यापक प्रचारप्रसार र सूचना सम्प्रेषणमा सहयोग पुर्याउने पत्रकार तथा सञ्चारकर्मीप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ ।
तेस्रो मर्स्याङ्दी महोत्सवलाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षको निरन्तर साथ र सहयोगको अपेक्षा गाउँपालिकाले गरेको छ ।
पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवले मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको पहिचान उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

