काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् ।
वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।