काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री दहाल बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत गएका हुन्।
भारत गएको टोलीमा प्रधानमन्त्रीसँगै पाँच जना मन्त्री पनि छन्। जसमा टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाललगायत छन्।
भ्रमणमा क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ। सो वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि गरिने परारष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । दाहालले नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने छन्।
प्रधानमन्त्री नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।