काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका क्रममा भारतको नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका छन् ।
चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज बुधबार दिउँसो काठमाडौंबाट प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् ।