काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।
देशको सीमा समस्या बंगलादेश मोडलमा समाधान गर्न नसकिने उनकाे भनाइ छ ।