काठमाडौं । बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोधगरेपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।
बजेट निर्माणका क्रममा पूर्वनायब सुब्बा (नासु) रामकृष्ण श्रेष्ठलाई संलग्न गाइएकोमा प्रतिपक्षी दलहरुले विरोध गरेका हुन्। उनीहरुले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन्।
गतिरोध अन्त्यका लागि सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ। प्रतिपक्षी दलहरुले उनीहरुले यो विषयको छानबिन हुनुपर्ने कुरा गरिरहेका छन्। त्यसका लागि छानबिन समिति नै बनाउनुपर्ने उनीहरुको अडान छ।