काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ।
बजेटमाथि संसदमा छलफल चलिरँदा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्ने विषयले मंगलबारको संसद बैठक प्रभावित बनेको थियो । विपक्षीले अर्थमन्त्रीसँग यो विषयमा जवाफ मागेका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि बैठक चलेको थियो ।
बजेटमा विपक्षीहरूले सहमति जनाएका छैनन् । छलफलका क्रममा विपक्षी दलका सांसदहरूले बजेटको आलोचना गरेका छन् ।