काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिए पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले कानूनी अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लागेका हुन् ।
यसअघि, प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए ।
सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान रहे पनि मुख्यमन्त्री यादवले त्यसलाई मतलब गरेका थिएनन् ।
३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिँदैछन् ।