काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या अभियोमाग पक्राउ परेका बस्नेत र अम्बरबहादुर रानालाई जन्मकैदको सजाय भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
त्यस्तै, सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।
२३ असोज २०७४ मा गौचनमाथि शान्तिनगरमा गोली प्रहार भएको थियो ।