काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई दुई या दुई भन्दा बढी दलको समर्थनमा उनलाई कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।