काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार समरजंग कम्पनीका पुर्व सहायक लेखापाल विनोद पाैडेल पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पाैडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ । हालसम्म यस प्रकरणमा समरजंग कम्पनीका तीन जना कर्मचारी पक्राउ परिसकेका छन् ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते गरेकाे आरोपमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिइसकेकाे छ।