काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । यो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाउनुभएको थियो । उनीहरुले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाइ पुँजी सिर्जना गरिनुपर्ने सुझाव दिएक थिए । त्यस बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमवार दिउँसो १ बजे बस्नेछ ।