काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार ६ जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री, प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।
बैंकले उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि प्रहरीले पक्राउ गरेको एसपी ढुंगेलले बताए।