काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति तिलाहरकी ३२ वर्षीया शान्ता परियार बसेल उपचार खर्च नहुँदा जीवन मरणको दोषाधमा रहेकी छन् ।
गत जेठबाटै मुटुको समस्या देखिएपनि आर्थिक अभावकै कारण उपचार हुन सकेको छैन । केहि समयअघि भरतपुरमा उपचारका लागेपनि थप उपचारका लागि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लैजान सुझाव दिएको थियो । तर आर्थिक अभावका कारण थप उपचारका लागि काठमाडौं लैजान नसकेको उनका श्रीमान धनबहादुर बसेलले बताए ।
उनले भने,‘आर्थिक अभावकै कारण अस्पतालमा लगेपनि उपचार खर्च नसकी घरमै फर्काउन बाध्य भए । महंगो औषधि उपचार खर्च धान्नै सकिन ।’
दुई बच्चाकी आमा शान्तालाई अहिले झ्न च्यापेको छ । तर उपचार हुन सकेको छैन् । केहि समयअघि चन्दा उठाएर भरतपुर लगिएको थियो ।
उनका ११ वर्षकी छोरी र ६ महिनाका छोरा छन् । श्रीमान धनबहादुरले श्रीमतीको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । उनको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावले शान्ता बसेको ग्लोबल आइएमइ बैंक उदिपुर शाखाको खाता नम्बर १६१०७०१००१६३९३ मा वा ९८१९२७८६१२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।