बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाहसहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट विनियोजन गर्न माग गरेका थिए । बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाहसँग प्रतिवद्धता गरेको बताए ।
भेटमा अध्यक्ष शाहले प्रधानमन्त्रीसँग नरैनापुरको इलाका प्रशासन कार्यालय सञ्चालनका लागि पहल गरी दिन समेत आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष शाहसँगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहेका अध्यक्षको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड काठमाडौं जाने क्रममा सुर्खेतबाट नेपालगञ्ज पुगेपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य पूर्ण सुवेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए । यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई भेटेर बधाई ज्ञापन गरेका थिए ।