नवराज कौडाल
अबको युग भनेको विज्ञान र प्रविधिको युग यो । विज्ञान र प्रविधिको विकाससँगै हामी नचल्ने हो भने हामी निकैपछि पर्न सक्छौं । अहिले अधिकांश कामहरु प्रविधिको माध्यमबाट हुने भएकाले भविष्य झन् विज्ञान र प्रविधिमैत्री हुने निश्चित प्रायः छ ।
भविष्यमा विज्ञान र प्रविधिले फड्को मार्ने भएकोले त्यसलाई पछ्याउन विज्ञान र प्रविधिसँग सम्बन्धित सीप सक्नु अत्यावश्यक रहेको छ ।
आउने वर्षहरुमा ७५ प्रतिशत कामका लागि कम्प्युटर सीप आवश्यक पर्ने अनुमान गरिएको छ । सो जनशक्ती तयार गर्न सानै उमेरमा सीप सिकाउन थाल्नुपर्ने शिक्षा विज्ञहरुले भन्ने गरेका छन् ।
भविष्यको तयारी गर्न बालबालिकाहरुलाई सीप विकास गराइ उनीहरुमा निखारता ल्याउन अत्यावश्यक छ । बालबालिकाले कोडिङ, रोवोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सको तालिम प्राप्त गरेपछि भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गरेर आफुलाई अव्बल सावित गर्न सक्छन् ।
विज्ञान र प्रविधिको पहुँचमा पुगेका नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन र विश्वस्तरिय शिक्षा नेपालमै दिने उद्देश्यले बसुन्धारामा रहेको काठमाडौं न्यू क्यासल स्कुलले रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स, अवाकस सम्बन्धी कक्षा सञ्चालनमा ल्याएको छ ।
अन्य अतिरिक्त क्रियाकलाप भन्दा उपयोगी यस्ता सिकाइले नेपाली विद्यार्थीलाई संसारको जुनसुकै देशका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन रोवोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी कक्षा सञ्चालनमा ल्याएको विद्यालयका उपाध्यक्ष सन्तोष पौड्याले बताए ।
बसुन्धारामा रहेको काठमाडौं न्यू क्यासल स्कूलमा अध्ययनरत बालबालिकालाई कोडिङ, रोबोटिक्स र ए.आई.को अवधारणा सिकाउन थालिएको छ । पठनपाठनलाई असर नगर्ने गरी विद्यार्थीलाई सार्वजनिक विदा र शनिबारको दिन सो कक्षा सञ्चालन गर्ने गरिएको विद्यालयका एकेडेमिक निर्देशक किरणकुमार श्रेष्ठ बताउँछन् ।
काठमाडौं न्यू क्यासल स्कुलका निर्देशक किरणकुमार श्रेष्ठका अनुसार भविष्यमा आफ्ना बालबालिकाहरुलाई संसारमा जुनसकै क्षेत्रमा पनि सक्षम र सवल भएर उभिएको देख्न चाहनुहने अभिभावकले अहिले देखिनै रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्समा लगानी गर्दा बालबलिकाको भविष्य सुमधुर हुने भएकाले काठमाडौं न्यू क्यासल एकेडेमीले रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टिलिजेन्स सम्बन्धी कक्षा सञ्चालन गरेको बताउँछन् ।
न्यू क्यासल स्कूलका विद्यार्थीलाई दक्ष शिक्षक शिक्षिकाद्वारा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स सम्बन्धि क्रियाकलाप सञ्चालन गरेर अध्ययन अध्यापन गराइने गरेको श्रेष्ठ बताउँछन् । यस्ता खालका अतिरिक्त कक्षाले विद्यार्थीलाई भविष्यको लागि अहिलेदेखी नै तयार गर्ने र विद्यार्थीले भविस्यमा यसको लाभ लिन सक्ने विद्यालयको दाबी छ ।
सुविधा सम्पन्न उपकरणसँगै विदाको दिनमा अत्याधुनिक तरिकाबाट यस्ता तालिम दिइने न्यू क्यासल स्कुलका कार्यक्रम संयोजक बिष्णु न्यौपानेले बताए । हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने स्कुलका अध्यक्ष सुनिता रावल बताउँछिन् ।
शुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त छ ।
स्कुलका संस्थापक संयोजक समन्ता श्रेष्ठ बताउँछिन् ।
हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने कार्यकारी व्यवस्थापक माधवराज शिवाकोटीले बताए ।
शुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त छ ।
२०६० सालमा स्थापना भएको काठमाडौंमा न्यू क्यासल एकेडेमीबाट २०९७ ब्याचले एसइईको परीक्षा दिएर उत्कृष्ट जिपिएसहितको नतिजा निकालेर शैक्षिक क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेको छ ।
बसुन्धराको बाल अस्पतालसँगैको न्यू क्यासल स्कूल काठमाडौंको उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो । काठमाडौं न्यू क्यासल स्कूल बसुन्धारा क्षेत्रमा रोबोटिक्स,कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कक्षा सञ्चालन गर्ने पहिलो विद्यालय हो ।