काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चतकालका लागि स्थगित भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज शुक्रवार निकाल्नुभएको सूचनामा भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उल्लेख छ ।
अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिए ।