काठमाडौं । काठमाडौं जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आराेपीहरूकाे बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हाे। उनका अनुसार आज ४ जना प्रतिवादीको बयान लिइएको थियो।
बुधबारबाट थुनछेक बहस सुरु हुने प्रवक्ता दाहालले बताए। थुनछेक बहस सकिएपछि थुनामा पठाउने या धरौटी माग गर्ने भन्नेबारे अदालतले थुनछेक आदेश दिनेछ। सुन प्रकरणमा विदेशी र स्वदेशी गरी २६ जना हिरासतमा छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार ३ गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध करिब ३ अर्बभन्दा धेरै बिगोसमेत माग दावी गरिएको छ।