काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकतवमा ३ सदस्यीय आयोग बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माले उच्च अदालतका पूर्व न्यायाधिश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार आयोगमा संयोजक आचार्यसहित किशोरजंग कार्की, प्रेम राज जोशी र सहकुल थापा सदस्य रहेका छन्।
आइतवार बिहान प्रमुख तीन दलबीच आयोग गठनको कार्यादेशमा सहमति जुटेको थियो। आयोगले आइतवारबाटै काम सुरु गर्ने पनि उनले बताइन्। आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गरेर पुरानै अवस्थामा कायम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले बताइन्।