काठमाडौं । राज सिग्देलको स्वर तथा संगीत र के.पी खतिवडाको शब्द रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ । गीतको आइतबार राज सिग्देल मेलोडी यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् भने भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् ।
भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने श्रृंगार समुन्द्र भण्डारी र सम्पादन नबिन घर्ति मगरको रहेको छ । भिडियोको कोरियोग्राफर-निर्देशन मौसम हिमालीले गरेका छन् ।
भिडियो हेर्नुहोस्