काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई आधार बनाएर नेपाली सिरियल ‘रमाइलो गाउँ’ ल्याइएको छ । उक्त सिरियलको पहिलो भाग मोनिका एन्टरटेनेडमार्फत प्रशारण गरिएको हो ।
टेलिसिरियलको लेखन कमल घिमिरे, सहायक लेखन अभिविकास पौडेलले गरेका छन् भने सल्लाहकार पुरुषोत्तम पन्त रहेका छन् । सिरियलको निर्देशक बुद्ध श्रेष्ठले गरेका छन् ।
कलाकारहरुमा कल्पना घिमिरे, इलु तामाङ, सिजर्ना खत्री, सोविता सिलुवाल, मनिका गजमेर, सुवास विसी, रविन्द्र नेपाली, बाल कलाकार एन्जल तामाङ,चन्द्रम श्रेष्ठ रहेका छन् । सिरियलमा समाजको वास्तविक विषयबस्तुलाई उतारिएको छ ।
हेर्नुहोस् भिडियो