काठमाडौं । राजशान्तिले लोकदोहोरी गीत ‘सुन्दरबजार कटेसी कुन्छा’ ल्याएको छ । विगतमा विभिन्न गीतहरु निर्माण गरिरहेको राजशान्तिले लमजुङलाई सेरोफेरो बनाएर नयाँ गीत ल्याएको हो ।
गीतमा स्वर विवेक धिताल र रेजिना परियारको रहेको छ । गीतको निर्देशन उमेश गुरुङ, शब्द संगित विवेक धितालको रहेको छ भने एजेन्ज बी.बी. अनुरागीले गरेका छन् ।
अभिनय आनन्द गुरुङ, उत्साह घिमिरे र अनुस्का भण्डारीको रहेको छ । छायांकन शम्भु चालिसेले गरेका छन् । गीत तथा भिडियोको निर्माता राजशान्ति रहेको छ । भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । गीतको भिडियो विवके धिताले युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।