२३ कात्तिक । मोडल एवम् कलाकार दीपाशा बिसीको शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
बुधबार राति विष पिएपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको थियो।
पछिल्लो समयकी चर्चित कलाकार दीपाशाको घर सुर्खेत हो। परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा स्थापित हुँदै आएकी थिइन्।
दीपाशाको शव आमा आएपछि मात्रै त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने भएको छ। दीपाशाकी आमा हाल वैदेशिक रोजगारीका लागि यूएईमा रहेकी छन्।