काठमाडौं । मस्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा यही मंसिर ७ गतेदेखि ९ गतेसम्म ३ दिन एकादशी मेला हुने भएको छ ।
‘विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षणको हाम्रो अभियान’ ‘२०८० मंसिर ७ गतेदेखि ९ गतेसम्म खुदी जाऔं, एकादशी मेला भब्य रुपमा मनाऔं’ भन्ने नाराका साथ खुदी युथले मेला आयोजना गर्न लागेको हो ।
मेलामा फुलको डोली तार्ने, कृषि प्रदर्शनी तथा खरिद विक्री, होमस्टे तथा खाना प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रममा कलाकारहरु शान्तीश्री परियार, लक्ष्मी तामाङ, प्रशान्त तामाङ, अनुज अधिकारी, एलेक्स घले र सुनिल खनालको प्रस्तुति रहने आयोजक खुदी युथका अध्यक्ष सोम तामाङले बताए ।
उनका अनुसार निःशुल्क आँखा शिविर, खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला पुरुष छेलो प्रतियोगिता पनि सञ्चालन हुने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको छ । प्रतियोगिताका लागि मंसिर ५ गतेसम्म दर्ता गर्न सकिनेछ ।
खुल्ला पुरुष छेलो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ, पगरी र प्रमाणपत्र, द्धितिय हुनेलाई ३ हजार रुपैयाँ, पगरी र प्रमाणपत्र, तृतिय हुनेलाई २ हजार रुपैयाँ, पगरी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका लागि मंसिर ७ गतेसम्म दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक मस्र्याङ्दी गाउँपालिका, सह प्रायोजक मस्र्याङदी गाउँपालिका वडा नं. ३ र टुबोर्ग रहेको छ । कार्यक्रमको प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ रहने छन् ।