काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन भएको छ। संसदीय सुनुवाइ समितिले आइतबार पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
अब उनी राष्ट्रपतिबाट राजदूतमा नियुक्त हुनेछन्। कात्तिक ३ गते मन्त्रिपरिषद बैठकले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो।