काठमाडौं । दोर्दी गाउँपालिकामा नेपालमै पहिलो समलिंगी विवाह दर्ता भएको छ। दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङ (माया) ले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।
सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो। योसँगै वडाको सिफारिसमा पालिकामा उक्त विवाह दर्ता भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।


