काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तत्काल कुनै सम्भावना नरहेको बताएका छन् । युएईको दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप– २८ मा सहभागी भएर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
सरकारबाहिर रहेका दललाई पनि सहभागी गराउने गरी मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य चलिरहेको चर्चा छ भनी सञ्चारकर्मीले प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए ।