काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारले दायर गरेको राज्य विरुद्धको कसूर मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पूर्जी जारी गरिएको अदालतले जनाएको छ ।