काठमाडौं । चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलंघन गरेको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ।
चलचित्र विकास बोर्डले, मापदण्डविरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो।
सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ। बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, नीराजन गिरीलगायतले गरेको छड्केका क्रममा मापदण्ड विपरित चलचित्र देखाएको पाइएपछि, हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको अनुगमन समिति संयोजक राजु केसीले बताए।