काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका दर्जनाैँ कार्यकर्ता पक्राउ परेका छन् ।
धोती दिवस मनाउने भन्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा सभा, सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ । उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए ।
सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।