काठमाडौं । माग महिनाका लागि बाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । एनएमबि र एभरेष्ट बैंकबाहेक सबै वाणिज्य बैंकहरुले निक्षेपको अधिकतम ब्याज दर घटाएर सार्वजनिक गरेका छन् । ६०.७ प्रतिशत हिस्सा रहेको मुद्दतीका साथै २६.३ प्रतिशत हिस्सा रहेको बचतको ब्याज बैंकहरुले घटाएर सार्वजनिक गरेका हुन् ।
अधिक तरलता भए पनि ऋण दिन नसक्ने अवस्था भएपछि बैंकहरुले साउनदेखि निरन्तर रुपमा बैंकहरुले निक्षेपको ब्याज घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले असोजमा मौद्रिक समीक्षा गर्दै नीतिगत तथा बैंक दर घटाएको थियो । त्यसपछि वाणिज्य बैंकहरुले पनि ब्याज घटाउँदै आएका थिए । माघ १ गतेदेखि लागू हुनेगरि बैंकहरुले थप ब्याज दर घटाएका हुन ्।
बैंकहरूले माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याज घटाएका हुन् । यससँगै सबै वाणिज्य बैंकको निक्षेपतर्फको ब्याजदर पूर्ण रुपमा एकल अंकमा झरेको हो । निक्षेपको ब्याज घटेसँगै अब बैंकबाट ऋण लिनेलाई पनि सस्तो ब्याज पर्ने भएको छ । अधिकांश बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने स्थिर राखेका छन् । एभरेष्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको छ ।
माघ महिनाका लागि लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.५० प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
माघ महिनाका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कृषि विकास बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत ब्याजदर तोकेको थियो ।
नबिल बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत तोकेको छ । यसअघि बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत तोकेको थियो । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
प्राइम बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । प्रभु बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०५६ प्रतिशत र व्यक्तिगततर्फ ८.५५६ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशतमा ब्याजदर तोकेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ६।६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
माघ महिनाका लागि कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुमिा व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत प्रदान गरेको थियो ।
माघ महिनाका लागि नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको थियो ।