काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका छन् ।
संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा शनिबार नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो आग्रह गरेका हुन् ।
विगतमा संसद बैठकमा सांसदहरु अनुपस्थित भएको सुनिने गरेको उल्लेख गर्दै ओलीले संसदमा नियमित उपस्थित हुन आग्रह गरेका हुन् ।
एमाले सांसद ठाकुर गैरेका अनुसार अध्यक्ष ओलीले संसदलाई प्रभावकारी बनाउन र जनताको पक्षमा आफूलाई खरो उतार्न सांसदहरुलाई निर्देशन दिएका छन् ।