काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले योसहित १० वटा निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय :
१. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने ।
२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने ।
३. सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (LRP) लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने ।
४. राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
५. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने ।
६. प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने ।
७. नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने ।
८. नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा श्री भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.प्रमोद जोशीलाई नियुक्त गर्ने ।
१०. एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरस्थित एकै घरका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका…
-जनक श्रेष्ठ- लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ८ मा रहेको जिल्ला खेलकुद विकास समिति लमजुङद्धारा…
काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताको…
काठमाडौं । देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। कृषि…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 29
ताजा :
- सिन्धुलीमा एउटै घरका १६ जना सदस्य बेपत्ता, प्रहरीले खोजी सुरु गर्यो
- जिल्ला खेलकुद समितिद्वारा फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान
- एमसीसी सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने अमेरिकी सिफारिस
- देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
- दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड बजेट
- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता
- नागरिक उन्मुक्ति पार्टीमा शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्ति
- लमजुङको दोर्दी गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु
- नेप्सेमा करेक्सन, १८ अंकले घट्यो सूचक
- देशका लागि जीवन आहुति दिने नेताहरू सबैको हुन्, पार्टी विशेषको होइनन्: प्रधानमन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित