काठमाडौं । नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले रुसी सेनामा कति युवाहरु पुगेका छन् ? कतिको मृत्यु भयो ? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी दिनुपर्ने बताए । विवरण संसदमा अविलम्व प्रश्तुत गर्न माग गरे ।
उनले युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुई जना नेपाली युवाको स्थिति सार्वजनिक गर्न पनि माग गरे । उनले नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताए ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

