३० फागुन । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा ‘पेरेन्टहुड’ सेलिब्रेसन गरिरहेका छन् । सन्तान स्वागतको तयारीमा जुटेका उनीहरुले सामाजिक सञ्जालबाट रमाइला पल सार्वजनिक गरिरहेको देख्न सकिन्छ ।
चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोनको भनाइ छ । यो लाइफटाइम खुसीलाई लिएर यी दुईजना यतिबेला प्रफुल्ल पनि छन् । बुधबार उनीहरुले ‘प्रेग्नेन्सी’ फोटोसुट पनि गरे ।
यी रोमान्टिक तस्वीरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’
गत मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए ।