काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ।
आयोगले मापदण्डअनुसार आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरिएको जनाएको छ। वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा उपनिर्वाचन हुँदै छ।
उपनिर्वाचनमा निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता भएका छन्।