काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को तेस्रो संस्करण रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हुने भएको छ।
आयोजक सेलिब्रेटी नेपालले बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै वैशाख ६ देखि ८ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।
प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन्। उनले आफ्नै गृह जिल्लामा फरक खालको महोत्सव गर्न पाँउदा खुशी लागेको बताए।