काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम ‘विविध’ पक्राउ परेका छन्। उनलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका खाम माओवादी युद्धका बेला कमाण्डर थिए। उनी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन्।
खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उनी लामो समयदेखि हत्या कसुरमा फरार थिए। प्रहरीमा परेको जाहेरीमा खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार दाबी गरिएको छ।
खाम माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर थिए। उनी हाल माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। उक्त विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन्।