काठमाडौं । तामाङ जातिको परम्परालाई समेटेर तयार पारिएको चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो यहि वैशाख १५ गते हुने भएको छ ।
चलचित्रको विशेष शो वैशाख १५ गते शनिबार दिउँसो १२ राष्ट्रिय नाचघर जमलमा हुने चलचित्र निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा थुप्रै तामाङ चलचित्रमा अभिनय गरिसकेका नायक विनायक तामाङ र नायिका संगीता तितुङको मुख्य भूमिका रहेको छ ।
कालीदेवी मिडिया हाउसको ब्यानर निर्माण भएको यस चलचित्रको विशेष शो का दिन सम्मान कार्यक्रम समेत रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको निर्देशक विनायक तामाङले गरेका हुन् भने सह–निर्माता किताबसिंह घलान ‘किरण’ रहेका छन् । चलचित्रको सम्पादन बन्दे प्रसाद र छायाङ्कन सन्चु थोकर र सह–छायाङ्कनमा रेशमकुमार स्याउली तामाङले गरेका छन् । चलचित्रको कथा संगीता तितुङको रहेको छ ।