काठमाडौं । लमजुङ सेवा समाज कतारले वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारलाई सम्मान गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले सातौं वार्षिकोत्सव तथा कलाकार राहत कोष स्थापनार्थ कार्यक्रममा परियारलाई सम्मान गरेको हो ।
आफ्नो प्रस्तुति दिन गायक परियार कतार पुगेका थिए । परियारलाई लमजुङ सेवा समाज कतारले ‘भेटघाट तथा सम्मान’ कार्यक्रम आयोजना गरेको थियो ।
कतारको सनैयास्थित फुलबारी रेस्टुरेन्टको हलमा आयोजना गरिएको भेटघाट तथा सम्मान कार्यक्रममा रोजगारीको सन्दर्भमा कतारमा रहेका लमजुङेहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्वमा तथा बरिष्ठ गायक राजु परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका संरक्षक डिलराम गुरुङ, प्रमुख सल्लाहकार सिताराम थापा तथा सल्लाहकारहरु कृष्ण बराल, कर्म गुरुङ, रबिन्द्र गुरुङ, युद्धजङ गुरुङ, मंगल वि.क. लगायत थुप्रै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।