काठमाडौं । काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ ।
आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकी ले अभिनय गरेका छन् ।
भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस