काठमाडौं । पत्रकार बिक्रम सुनार र बहुचर्चित गायिका प्रिति आलेले ‘निगाली झाँपो’ गीत बजारमा ल्याएका छन् । गीत शनिबार कमल थापा यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायिका प्रिति आले र सुनारको स्वर रहेको छ । सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् । गायन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली गित ‘निगाली झाँपो’ ल्याएका हुन् ।
‘निगाली झाँपो’ को लय तथा शब्द सृजना कलाकार भुवन बिकेको रहेको छ । गीतमा भुवन बिकेले नै संगीत संयोजन गरेका छन् । ‘निगाली झाँपो’ को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायाङ्कन सुमन थापा तथा विकास थापाले गरेका छन् । भिडियो सम्पादन भने सुमन थापाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो