काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न नायिका पूजा शर्मालाई चेतावनी दिएकी छिन्।मंगलबार सामाजिक सञ्जालमा पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै समिक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी हुन्।
समिक्षाले लेखेकाे स्टाटस
अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!
सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।