काठमाडौं । गायक सिद्धार्थ आले मगर र गायिका नितु पुनको नयाँ गीत ‘गल्कोटे माया’ सार्वजनिक भएको छ । उक्त गीत नितु पुन युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा शब्द/संगित सिद्धार्थको रहेको छ । गीतमा मादल खड्ग बुद्ध मगर, बासुरी गोपाल घटानी, सारङ्गी हेमन्त रसाइली, गिटार कुशल गौतम रहेका छन् ।
कास्ट विजय पुन मगर र सृजना मगरको रहेको छ । सिनेमेटोग्राफर नवराज उत्थान रहेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । कोरियोग्राफर र निर्देशन आशिष गुरुङले गरेका छन् भने सहायक कोरियोग्राफर कृष्ण मगरले गरेका छन् ।
हेर्नुहोस् भिडियो