काठमाडौं । कारोबारको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ। सोमबार बजार परिसूचक नेप्से ३७.१३ अंकले बढेर २६ सय ९०.७२ को बिन्दुमा उक्लिएको हो।
त्यस्तै आज ३०५ कम्पनीका शेयर कारोबार हुँदा ७ अर्ब ९ करोडको शेयर कारोबार भएको छ। जसमा साहस उर्जाको सबै भन्दा बढी ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ।
त्यस्तै आज बढी कमाउने कम्पनीहरुमा सबै भन्दा बढी चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स रहेका छन्।